• Menu

सन् २००० यताका २३ वर्षमा १११ खर्ब रेमिट्यान्स आप्रवाह, कहिले कति ?

नेपाल प्रफिट

२०८० चैत ५, सोमबार २१:३१

सन् २००० यताका २३ वर्षमा १११ खर्ब रेमिट्यान्स आप्रवाह, कहिले कति ?

काठमाडौं । सन् २००० यताका २३ वर्षमा १११ खर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०५७/२०५८ (२०००/२००१) देखि चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्ममा १११ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स आप्रवाह भएको हो ।

नेपालमा आव २०५७/५८ मा ४७ अर्ब २१ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । त्यसपछिका चार वर्ष अर्थात् आव २०६०/६१ सम्म रेमिट्यान्स आप्रवाह खासै बढ्न सकेको थिएन ।

अर्को वर्ष भने रेमिट्यान्स निकै बढेर भित्रियो । आव २०६०/६१ मा ६५ अर्ब हाराहारीमा मात्र रेमिट्यान्स आएकोमा आव २०६२/६३ मा ९७ अर्ब नाघ्यो ।

दोस्रो जनआन्दोलनपछिको वर्षदेखि युवाको विदेश यात्रामा व्यापक वृद्धि भयो । त्यसपछि आव २०६३/६४ मा पहिलोपटक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो ।

युवा भित्रिने क्रम बढेर जाँदा त्यसपछिका हरेक वर्ष रेमिट्यान्स आप्रवाह पनि उच्च अंकमा बढेको छ । लगातार बढेको रेमिट्यान्स २०७०/७१ मा ५ खर्ब रुपैयाँ नाघ्यो ।

त्यसको ८ वर्षपछि दोब्बर रेमिट्यान्स भित्रिन थाल्यो । अर्थात्, २०७८/७९ मा १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो । गत वर्ष १२ खर्ब २० अर्ब ५५ करोड रेमिट्यान्स आप्रवाह भएकोमा चालु आवको ७ महिना अर्थात् साउनदेखि माघसम्ममा नै ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्