• Menu

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु, भुक्तानी सेवाप्रदायक आईएमई पेसँग सहकार्य गर्ने

नेपाल प्रफिट

२०८१ वैशाख २४, सोमबार १६:४५

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु, भुक्तानी सेवाप्रदायक आईएमई पेसँग सहकार्य गर्ने

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा सेवा सुरु गरेको छ । सोमबार आयोजित शुभारम्भ कार्यक्रममा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् ।

‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘केही समयपछि चालक र यात्रुको बीमा पनि गरिनेछ ।’

उनले राइडरहरुले सेवा उपयोग गरेबापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने जानकारी दिइन् । कम्पनीले सोमबार नै भुक्तानी सेवाप्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा विस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।

इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताए । उनले भने, ‘हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

प्रतिक्रिया दिनुहोस्