• Menu

स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनेर ८० लाख ठगी गर्ने दुई जना पक्राउ

नेपाल प्रफिट

२०८१ वैशाख १८, मंगलबार १३:४७

स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनेर ८० लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभाकिया र अमेरिका पठाइन्छिु भनेर ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका-११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मंगला गाउँपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भनेर दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर ७८ लाख रुपैयाँ लिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्