• Menu

पाँच वाणिज्य बैंकले घटाए खराब कर्जा, १० वटा बैंकको ४ प्रतिशतभन्दा माथि, लक्ष्मी सनराइजको सबैभन्दा उच्च

नेपाल प्रफिट

२०८१ वैशाख १७, सोमबार १२:११

पाँच वाणिज्य बैंकले घटाए खराब कर्जा, १० वटा बैंकको ४ प्रतिशतभन्दा माथि, लक्ष्मी सनराइजको सबैभन्दा उच्च

काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये पाँच वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । २०७९ चैतको तुलनामा २०८० चैत मसान्तसम्ममा सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स र कृषि विकास बैंकले खराब कर्जा घटाएका हुन् ।

एभरेस्ट बैंकको खराब कर्जा स्थिर छ । यो बैंकको खराब कर्जा सबैभन्दा कम ०.७७ प्रतिशत छ । २०७९ चैतमा पनि बैंकको खराब कर्जा ०.७७ प्रतिशत नै थियो ।

सबैभन्दा धेरै खराब कर्जा लक्ष्मी सनराइन बैंकको ५.४९ प्रतिशत पुगेको छ । यो बैंकको खराब कर्जा २०७९ चैतको भन्दा ३.६७ प्रतिशत विन्दुले बढेको हो । २०७९ चैतमा यो बैंकको खराब कर्जा १.८२ प्रतिशत थियो ।

नबिल, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई, प्रभु, नेपाल बैंक, कुमारी र हिमालयन बैंकको पनि ४ प्रतिशतभन्दा माथि छ । समीक्षा अवधिमा बैंकहरुको खराब कर्जा ३.०३ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्