• Menu

प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर १ लाख ३५ हजार ६ सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८० चैत २५, १२:५७

प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर १ लाख ३५ हजार ६ सय पुग्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा नयाँ उचाइ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ६ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार ७ सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला दुई हजार ९ सयले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार ९५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबारका लागि प्रतितोला एक हजार ६७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।