• Menu

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

नेपाल प्रफिट

२०८० चैत १९, ०९:४६

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

चितवन । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआई डब्लूएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन २०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

दुई दिनको सम्मेलनमा भएका बृहत् छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताइन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकायसमक्ष यो घोषणा पेस गरी नीतिगत सुधारको लागि पैरवी गर्ने उनको भनाइ छ ।

कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने, कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारीता बढाउनुपर्ने, कृषिमा प्रयाप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्नेलगायतका विषय घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनका सहयोगी संस्थाहरुमा चितवन उद्योग संघ, युएस एड फिड द फ्युचर, एफएओ, हेफर इन्टरनेसनल, सेवा नेपाल, केएल दुगड ग्रुप र शिखर इन्स्योरेन्स थिए ।

त्यस्तै बैंकिङ पार्टनरहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, एग्रिकल्चर पार्टनरमा मुक्तिनाथ कृषि कम्पनी, एग्रिकल्चर इनेब्लेटर पार्टनरमा आर एन्ड डी इन्नोभेटिभ सोलुसन प्रालि, बेभरेज पार्टनरमा कोकाकोला, भेन्यु पार्टनरमा बी विल्ड, डिजिटल ट्रान्सफरमेसन पार्टनरमा ठूलो डटकम र नलेज पार्टनरमा एसोसिसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज) थिए ।