• Menu

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

नेपाल प्रफिट

२०८० चैत ५, ११:३७

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

काठमाडौं । सुन तस्करी आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको हो । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेको ठहर गर्दै महरामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशन आएको भोलिपल्टै प्रहरीले महरालाई पक्राउ गरेको हो ।

महराका छोरा राहुल विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।