• Menu

सुन तस्करीमा मुछिएका माओवादी नेता महरासहित सबैमाथि कारबाही अघि बढाउन गृहमन्त्रीको निर्देशन

नेपाल प्रफिट

२०८० चैत ४, ११:२२

सुन तस्करीमा मुछिएका माओवादी नेता महरासहित सबैमाथि कारबाही अघि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

मन्त्रालयमा केही समयअघि प्रहरीका उच्च अधिकारीलाई बोलाएर गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामति र प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारीसहितका तस्करसँग माओवादीका नेता तथा पूर्वसभामुख महरा र उनका छोरा राहुलको कनेक्सन देखिएको थियो । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटक–पटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको हो । तर, प्रहरीले महरासहितका नेतालाई उन्मुक्ति दिएको थियो ।