काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेन्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।
नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औं वार्षिक साधारसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
उनले अहिले माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे । गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पुँजीगत खर्च बढाउनुपर्नेमा उनले जोड दिए ।