• Menu

दुई करोडसम्मको कर्जा जोखिम भार ७५ प्रतिशत कायम गर्ने व्यवस्था कार्यान्वयनमा, राष्ट्र बैंकले गर्‍यो परिपत्र

नेपाल प्रफिट

२०८० फागुन १०, बिहीबार १४:०२

दुई करोडसम्मको कर्जा जोखिम भार ७५ प्रतिशत कायम गर्ने व्यवस्था कार्यान्वयनमा, राष्ट्र बैंकले गर्‍यो परिपत्र

काठमाडौं । कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रूपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत सीमा बढाएर १ करोडबाट २ करोड बनाइएको यो व्यवस्था कार्यान्वयका लागि राष्ट्र बैंकले बिहीबार परिपत्र गरेको हो ।

बैंकहरूले विभिन्न कर्जाअनुसार १५० प्रतिशतसम्म जोखिम भार कायम गर्नुपर्छ । रेगुलेटरी रिटेल पोर्टफोलियोका रूपमा रहने यस्तो कर्जाको जोखिमभार भने ७५ प्रतिशत छ ।

‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने कर्जाको सीमा वृद्धि भएसँगै बैंकहरूको पुँजी कोषमा कम दबाब पर्ने भएको छ । फलत: बैंकहरू थप कर्जा लगानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्