• Menu

नेप्से परिसूचक ५९ अंकले घट्यो, वित्त समूहमा उच्च गिरावट

नेपाल प्रफिट

२०८१ असोज ७, १६:३५

नेप्से परिसूचक ५९ अंकले घट्यो, वित्त समूहमा उच्च गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ अंकमा कायम भएको हो ।

आज नेप्सेमा ३२९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ७७ हजार १५३ पटक खरिद–बिक्री हुँदा पाँच अर्ब ६६ करोड तीन लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक ५.५६ प्रतिशतले घटेको छ । बैंकिङ १.२७, विकास बैंक २.४६, होटल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९ र लगानी समूह २.७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा समूह २.३५, उत्पादन तथा प्रशोधन १.८१, लघुवित्त २.५६, म्युचुअल फन्ड ०.४८, निर्जीवन बिमा २.६९, व्यापार ३.९३ र अन्य समूह २.२२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेको छ ।

चारवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २१ करोड १३ लाख ४२ हजार ७३२ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर पाँच लाख कित्ता खरिद–बिक्री भएको छ ।