• Menu

प्रतितोला ४ सय बढेर १ लाख ६० हजारनजिक पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ असोज ७, सोमबार ११:२४

प्रतितोला ४ सय बढेर १ लाख ६० हजारनजिक पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ५९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै एक हजार सात सय रुपैयाँ बढेको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्