• Menu

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ५८ हजार आठ सय

नेपाल प्रफिट

२०८१ असोज ६, आइतबार १३:२८

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ५८ हजार आठ सय

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज भएको वृद्धिपछि सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । असोज १ को तुलनामा आजको मूल्यसूचीअनुसार छापावाला सुन तोलामा दुई हजार एक सय रुपैयाँ बढेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको हो ।

प्रतिक्रिया दिनुहोस्