• Menu

आईएमएफले भन्यो- नेपालको अर्थतन्त्र सुधार हुँदैछ

नेपाल प्रफिट

२०८१ असोज ६, आइतबार १२:४४

आईएमएफले भन्यो- नेपालको अर्थतन्त्र सुधार हुँदैछ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् । उनले नेपालमा लगानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको पनि स्मरण गरिन् ।

राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको तथा अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा उनले व्यक्त गरिन् ।

भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्