• Menu

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

नेपाल प्रफिट

२०८१ असोज ४, शुक्रबार १९:१२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले बिग मार्टमा सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकलाई लाभान्वित गर्ने गरी बिगमार्टसँग सहकार्य गरेको हो ।

सम्झौताअनुसार बिगमार्टका सम्पूर्ण स्टोरमा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म छुट पाउनेछन् । छुट योजना हरेक शनिबारमात्र लागू हुनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजना ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान    पुर्‍याउँदै आएको छ ।