• Menu

सुनको मूल्य तोलामा एक हजार ५ सयले वृद्धि

नेपाल प्रफिट

२०८१ असोज ४, शुक्रबार ११:४७

सुनको मूल्य तोलामा एक हजार ५ सयले वृद्धि

काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार ५ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ८० मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने एक हजार ९ सय १५ निर्धारण भएको छ ।