काठमाडौँ । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा बिहीबार सुन प्रतितोला ८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार ४ सयमा कारोबार भएको छापवाला सुनको मूल्य बिहीबारका लागि एक लाख ५५ हजार ६ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बुधबार प्रतितोला एक हजार ८ सय ९० मा कारोबार भएको चाँदी बिहीबारका लागि एक हजार ८ सय ८० निर्धारण भएको छ ।