काठमाडौं । साहस ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्ताका लागि ८ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारितलगायत प्रयोजनका लागि कात्तिक ४ गते चार वर्षको संयुक्त साधारण सभा बोलाएको छ । असोज १३ का लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज १२ सम्म सेयर होल्ड गर्ने या खरिद गर्ने लगानीकर्ताले बोनस सेयर पाउनेछन् ।
सञ्चालक समितिले बोनस सेयर वितरणपछि हुने चुक्तापुँजीको १:१ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेको छ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।