काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोलामा ६ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार ३ सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार ७ सय निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९ सय १५ मा खरिदबिक्री भएको चाँदी मंगलबारका लागि भने एक हजार ९ सय पाँच निर्धारण भएको छ ।