• Menu

सहकारीको रकम जीबी राईले संस्थामा लैजाने र रवि लामिछानेले खर्च गर्ने गरेको संसदीय समितिको ठहर

नेपाल प्रफिट

२०८१ भदौ ३१, सोमबार १३:३०

सहकारीको रकम जीबी राईले संस्थामा लैजाने र रवि लामिछानेले खर्च गर्ने गरेको संसदीय समितिको ठहर

काठमाडौं । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको ठहर गरेको छ ।

समितिले सूर्यदर्शनलगायतका सहकारीको रकम अध्यक्ष जीबी राईले गोर्खा मिडिया नेटवर्कमा लैजाने गरेको र त्यो रकम लामिछानेमार्फत खर्च हुने गरेको जनाएको हो । गोर्खा मिडियामा राई अध्यक्ष तथा लामिछाने प्रबन्ध निर्देशक थिए ।

नेकपा एकालेका सांसद सूर्य थापा नेतृत्वको समितिले सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । समितिले तीन महिनाभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदन दुई हजार पृष्ठको छ ।

समितिले गोर्खा मिडियामा रविले लिएको १५ प्रतिशत सेयर (स्वेट) लाई पनि गैरकानुनी भनेको छ ।

प्रतिक्रिया दिनुहोस्