काठमाडौं । वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरेको मुद्दति निक्षेपको अधिकतमक ब्याजदर भदौको तुलनामा औसत ०.१६ प्रतिशत विन्दुले कम रहेको हो ।
भदौका लागि औसत ६.५४ प्रतिशत रहेको ब्याजदर असोजका लागि ६.३८ प्रतिशतमा झरेको छ । सोमबार प्रकाशित दरअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये दुई वटा सरकारी बैंक नेपाल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् ।
त्यस्तै १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ८ वटाको स्थिर छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ७.१८ प्रतिशत ब्याज एनआईसी एसियाले दिएको छ भने सानिमाले सबैभन्दा कम ५.९ प्रतिशत दिन्छ ।
बैंकिङ प्रणालीमा अधिक तरलताका बीच कर्जाको माग न्यून हुँदा बैंकहरुले लगातार ब्याजदर घटाएका हुन् । मुद्दति निक्षेपको ब्याजदर घट्दा कर्जा लिनेहरु लाभान्वित हुनेछन् ।
