• Menu

बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन अर्थ मन्त्रालयको ताकेता, निर्माण व्यवसायीले पाउलान् भुक्तानी ?

नेपाल प्रफिट

२०८१ भदौ ३०, आइतबार १८:०५

बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन अर्थ मन्त्रालयको ताकेता, निर्माण व्यवसायीले पाउलान् भुक्तानी ?

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ ।

अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चित भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको यकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले यकिन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताए ।

निर्माण व्यवसायीले ४० अर्बभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताइरहेका बेला अर्थले अग्रसरता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्