• Menu

सिटिजन्स बैंकले विद्युतीय बीवाईडी किन्दा १ प्रतिशत प्रिमियममै कर्जा दिने, इनलाइटनसँग सम्झौता

नेपाल प्रफिट

२०८० मंसिर २२, शुक्रबार २०:४८

सिटिजन्स बैंकले विद्युतीय बीवाईडी किन्दा १ प्रतिशत प्रिमियममै कर्जा दिने, इनलाइटनसँग सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बीवाईडी ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकलाई सहुलियत दरमा ऋण दिने समझदारी भएको छ ।

बैंक र कम्पनीबीचको सम्झौतामा बीवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्तालाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको हो ।

सम्झौताअनुरुप ग्राहकले १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम ८ वर्षसम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुने प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

सिटिजन्स बैंकले देशैभर फैलिएका १९० शाखा, १५१ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ८१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।