काठमाडौं । नाडा अटो सो २०२४ काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको नाडा अटो सोको कुम्भमेलाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् ।
भदौ ११ देखि १६ सम्म आयोजना हुने नाडा अटो सोमा बीवाईडीको एम-६, टाटाको पन्च, डिपलको एल जेरो सेभेन, अवतार ११, केईको एक्स थ्री प्रो, जिकरलगायत ब्रान्डका गाडी प्रदर्शनीमा राखिएका छन् ।
अटो सोमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ कम्पोनेन्ट ब्रान्डका स्टल छन् । त्यस्तै, बिमा कम्पनी शिखर इन्स्योरेन्स र नबिल, सानिमासहित सातवटा बैंकका स्टल राखिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू राखिएका छन् ।