• Menu

पर्यटकीय क्षेत्र ठमेलका चोक-चोकमा सिसी क्यामेरा जडान

नेपाल प्रफिट

२०८० मंसिर २१, २०:५१

पर्यटकीय क्षेत्र ठमेलका चोक-चोकमा सिसी क्यामेरा जडान

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोक-चोकमा सिसी क्यामेरा जडान गर्न थालिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को पहलमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ठमेलका चोक-चोकमा सिसी क्यामेरा जडान गरेका हुन् ।

ठमेलका लैनचौर, क्षेत्रपाटी, नर्सिङ चोक, भगवती बहाल, चाक्सीबारी, सातघुम्ती, जेपी लाइन र पर्यटन मार्गमा ८० वटा सिसी क्यामेरा जडान गरिसकिएको महानगरले जनाएको छ । ठमेल क्षेत्रमा ११२ वटा क्यामेरा जडान गर्ने तयारी महानगरको छ ।

ठमेल क्षेत्रमा सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्‌का प्रतिनिधिले अध्ययन गरेका थिए ।

ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको हो ।