• Menu

प्रतितोला १ लाख ५० हजार ८ सय पुग्यो सुनको भाउ

नेपाल प्रफिट

२०८१ साउन २९, ११:४९

प्रतितोला १ लाख ५० हजार ८ सय पुग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन आज तोलामा दुई हजार एक सय रुपैयाँ बढेर एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको हो ।

सोमबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँ थियो ।