काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबारमा नयाँ रेकर्ड बनेको छ । सोमबार एकैदिन २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको हो ।
आइतबार सेयर बजार परिसूचक ९४ अंकले बढ्दा कारोबार रकममा नयाँ रेकर्ड बनेको थियो । आइतबारको २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको रेकर्ड सोमबार ब्रेक भएको छ ।
आज ३३९ कम्पनीको २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
कारोबारमा रेकर्ड बनेको दिन नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ अंकमा उक्लिएको छ । आइतबार पनि नेप्से परिसूचक ९४.४६ अंकले बढेको थियो ।
आज लगानी र उत्पादन तथा प्रशोधनबाहेकका सबै समूहमा हरियाली छाएपछि परिसूचक उच्च अंकले बढेको हो । सबैभन्दा धेरै जीवन बिमा ५.८५, वित्त ४.८१ र व्यापार ४.१३ प्रतिशतले बढेको छ । बैंक समूहमा २.९५ अंकको वृद्धि छ ।
आज १७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । तीनवटा कम्पनीको सेयर मूल्य स्थिर छ ।