• Menu

नेप्से परिसूचकमा ९४ अंकको वृद्धि, कारोबार रकममा नयाँ रेकर्ड

नेपाल प्रफिट

२०८१ साउन २७, १५:०८

नेप्से परिसूचकमा ९४ अंकको वृद्धि, कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ९४ अंकले बढ्दा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । आज नेपालको सेयर बजार इतिहासमै सर्वाधिक २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो ।

नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६०.८४ अंकमा उक्लिएको छ । यसअघि गत मंगलबार ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा किनबेच भएको थियो ।

आज २५५ कम्पनीका लगानीकर्ताले कमाउँदा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । दुई कम्पनीको सेयर मूल्यमा परिवर्तन आएन ।

आइतबार ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ भने २६ कम्पनीका लगानीकर्ताको सम्पत्तिको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सबै समूहमा हरियाली छाउँदा नेप्से ३.४१ प्रतिशतले उकालो लागेको हो ।