• Menu

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, यस्ता छन् एजेन्डा

नेपाल प्रफिट

२०८१ साउन २५, शुक्रबार १०:५०

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, यस्ता छन् एजेन्डा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए ।

त्यसअघि आजै बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेन्डा’ तय गर्ने सो पार्टीले जनाएको छ ।