काठमाडौं । सेयर बजार परिसूचक नेप्से ६ अंकले बढेको छ । साताको अन्तिम दिन बिहीबार ६.७ अंकले बजार बढेर २७६६.३८ अंकमा उक्लिएको हो ।
जलविद्युत, लगानी, उत्पादनमूलक, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापारबाहेकका सबै समूह घटेका छन् । आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ । तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सर्किट लागेको हो ।
आज ३२२ कम्पनीको २० अर्ब ७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो रकम बुधबारको भन्दा बढी हो । बुधबार १७ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।