• Menu

सहकारी छानबिन समितिले रास्वपा सभापति लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने

नेपाल प्रफिट

२०८१ साउन २२, १६:१५

सहकारी छानबिन समितिले रास्वपा सभापति लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा अध्ययन गर्न गठिन संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने भएको छ ।

प्रहरी अनुसन्धान जसरी नभई तथ्य पत्ता लगाउनका लागि सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेकाहरुसँग सोधपुछ गर्न लागिएको समितिले जनाएको छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा र कान्तिपुर सहकारीका पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामासँग समितिले सोधपुछ गर्नेछ ।

यसअघि समितिले बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघ, गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षक लगायतसँग पनि छलफल गरेको छ ।