• Menu

काठमाडौंमा आइतबार सार्वजनिक बिदा

नेपाल प्रफिट

२०८१ साउन १८, शुक्रबार १५:२८

काठमाडौंमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सरकारले बिदा दिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने व्‍यवस्था भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।