• Menu

मोतिहारी-अमलेखगन्ज पेट्रोलियम परियोजना ९० प्रतिशत सम्पन्न, दुई महिनाभित्र सक्न कामलाई तीव्रता

नेपाल प्रफिट

२०८१ साउन १८, शुक्रबार ०९:३२

मोतिहारी-अमलेखगन्ज पेट्रोलियम परियोजना ९० प्रतिशत सम्पन्न, दुई महिनाभित्र सक्न कामलाई तीव्रता
फाइल तस्बिर ।

धनुषा । नेपाल-भारत सहयोगमा निर्माणाधीन मोतिहारी-बारा-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी-अमलेखगन्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्यांकी निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडान कार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको एक अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड लगानी छ ।