काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार २० अंकले घटेको छ । दुई दिनमै १४५.४४ अंकले बढेको बजार सोमबार २०.४६ अंकले घटेर २६६१.०९ अंकमा झरेको हो ।
बजार २० अंकले घट्दा पनि ७० कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक ६१ करोड १२ लाख, कुमारी बैंकको ५५ करोड २२ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
कारोबार रकममा उच्च वृद्धि भएको छ । आज १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँबराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर किनबेच भयो । यो रकम ३५ महिनायताकै उच्च हो ।
आज फाइनान्स र जलविद्युतबाहेकका सबै उपसमूह ओरालो लागेका छन् । आइतबार नेप्से परिसूचक ११३ अंकले बढेको थियो ।