• Menu

प्रा. डा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त

नेपाल प्रफिट

२०८१ साउन १०, २१:१७

प्रा. डा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त

काठमाडौं । प्रा. डा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारीलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारी यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए ।

सरकारले आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।