• Menu

अपडेट

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट १८ जनाको शव संकलन, क्याप्टेनको उद्धार

नेपाल प्रफिट

२०८१ साउन ९, बुधबार १३:३३

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट १८ जनाको शव संकलन, क्याप्टेनको उद्धार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिएर १८ जनाको शव संकलन गरिएको उल्लेख छ । दुर्घटनामा परेको जहाजबाट क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा सौर्यका इन्जिनियर तथा प्राविधिकहरु थिए ।

इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेका बेला जहाज दुर्घटनामा परेको हो ।