काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको जहाजमा सवार १९ जनामध्ये १५ जनाको मृत्यु भएको हो । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेका बेला जहाज दुर्घटनामा परेको हो ।