• Menu

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

नेपाल प्रफिट

२०८१ साउन ९, बुधबार १२:०५

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।दुर्घटनापछि विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुले आगो निभाउने प्रयास गरिरहेको विमानस्थल प्रशासनले जनाएको छ ।

जहाज धावनमार्ग छाड्नासाथ भुइँमा बजारिएको थियो । दुर्घटनामा परेको जहाजबाट क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उद्धार गरिएको छ । उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।