काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सी धानको सम्झना गरेका छन् । राससका सुरेश आचार्यले खिचेको जुम्लाको मार्सी धान लहलह भएको तस्बिर बुधबार बिहान फेसबुकमा राखेर उनले मार्सी धानको स्मरण गरेका हुन् ।
तस्बिरले मन छोएको उनले बताएका छन् । तस्बिरमा हिमनदी, बस्ती र हरियाली धानखेतको तरेली मनमोहक छ । जुम्लामा ठुलो मात्रामा मार्सी धान लगाउने गरिन्छ ।
फेसबुकमा उनले लेखेका छन्–
शुभ बिहानी !
साउने हरियाली र जुम्लाको मार्सी धान !
आज बिहान मोबाइल हातमा लिनासाथ राससका सुरेश आचार्यले खिचेको यो तस्बिरले मन खिच्यो । हिमनदी, बस्ती र हरियाली धानखेतको तरेली मनमोहक छ ।