• Menu

एसीसी महिला एसिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै

नेपाल प्रफिट

२०८१ साउन ६, १०:१३

एसीसी महिला एसिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलंकाको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।