काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लगि एक लाख ४७ हजार पाँच सय निर्धारण भएको हो ।
बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८३० रुपैयाँ निर्धारण भएको छ ।