काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भारतको दुईदिने भ्रमण सकेर स्वदेश फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । भारत भ्रमणमा जाने क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट नगरेको विषयमा टिप्पणी हुँदै आएको थियो ।
आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए । लामिछानेसँगको भेटलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भएको आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
भेटका क्रममा अध्यादेश, सरकारका कामकारबाही तथा मुलुकको समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।