• Menu

महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ समारोहमा राष्ट्रपति पौडेल

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार ११:५६

महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ समारोहमा राष्ट्रपति पौडेल

मकवानपु । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन बुधबार मकवानपुर पुगेका छन्।

राष्ट्रपति पौडेलले द्रुतमार्गअन्तर्गत महादेवटारस्थित सुरुङ छिचोल्ने कार्यक्रममा सहभागी हुनुका साथै आयोजनाको निर्माण प्रगतिबारे स्थलगत निरीक्षणसमेत गरेका छन्

नेपाली सेनाको हेलिकप्टरमार्फत महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च सरकारी अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं-तराई/मधेस द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ ।