• Menu

यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार १५:०७

यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

रुपन्देही। यामाहा नेपालको चाडपर्व लक्षित प्रवर्द्धनात्मक अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज जितेकी छन्।

रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा.लि.बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्।

ग्रान्ड प्राइज जितेपछि रायमाझीले यामाहाको स्कुटर खरिद गर्दाको खुसीसँगै नगद पुरस्कार प्राप्त हुँदा अनुभव अझ विशेष बनेको बताइन्। उनले अप्रत्याशित पुरस्कारका लागि यामाहाप्रति आभार व्यक्त गर्दै आफू निकै खुसी भएको प्रतिक्रिया दिइन्।

यामाहा नेपालका अनुसार अभियानमार्फत ग्राहकलाई नयाँ सवारीसाधन खरिदको अनुभवसँगै आकर्षक पुरस्कार प्रदान गर्ने उद्देश्य राखिएको छ।

कम्पनीले ग्रान्ड प्राइज विजेता घोषणा भए पनि अभियान जारी रहेको जनाएको छ। ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानमा सहभागी भई यामाहाका ग्राहकले अझै पनि आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

१० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसरका लागि ग्राहकलाई नजिकैको आधिकारिक यामाहा शोरुममा सम्पर्क गरी अभियानमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।