• Menu

सिटिजन्स बैंकले एकै महिनामा विस्तार गर्‍यो सात नयाँ शाखा कार्यालय

नेपाल प्रफिट

२०८१ असार २८, शुक्रबार १७:१६

सिटिजन्स बैंकले एकै महिनामा विस्तार गर्‍यो सात नयाँ शाखा कार्यालय

काठमाडौं । सिटिजन्स बैंकले एकै महिनामा सातवटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

बैंकले असार ५ गते धादिङको गजुरी र धुनिबेँसी गाउँपालिकामा, असार २१ गते स्याङ्जाको वालिङ र पोखराको विरौटा तथा असार २७ गते डडेल्धुराको अमरगढी, दार्चुलाको महाकाली र दैलेखको दुल्लुमा नयाँ शाखा स्थापना गरेको हो ।

यससँगै बैंकका शाखा कार्यालय संख्या १९७ पुगेको छ । अमरगढी, महाकाली र दुल्लुमा खाता खोल्ने ग्राहकलाई नि:शुल्क कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ दर्ता शुल्क, नि:शुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ र डिम्याट खाता नि:शुल्क खोलिदिने बैंकले जनाएको छ ।

गजुरी, धुनिबेँसी, वालिङ र विरौटा शाखाबाट दुई महिनाभित्र खाता खोल्ने ग्राहकलाई बैंकले नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क कर्पोरेट इन्टरनेट बैंकिङ र एक वर्ष अवधिका लागि नि:शुल्क डिम्याट खाता सुविधा प्रदान गरेको छ ।

बैंकका नयाँ शाखाबाट ग्राहकले एटीएम सुविधा, खाता खोल्न सकिने सुविधा, आन्तरिक रेमिट्यान्स भुक्तानी सुविधा, विद्युतीय चेक राफसाफ, लकर सुविधा तथा विदेशी मुद्रा खरिद–बिक्रीलगायतका सुविधा पाउनेछन् ।