काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-भारतबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।
भेटका क्रममा दुवै पक्षबीच दुई देशबीचको आर्थिक सम्बन्ध, आपसी सहयोग तथा सहकार्यका सम्भावित क्षेत्रबारे विचारविमर्श भएको जनाइएको छ।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।