• Menu

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार ११:१९

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । तेस्रो सिजनको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगिता अन्र्गत बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका  छ ।

यी दुई टोलीबीचको खेल अपराह्न ५:०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन ।

यस सिजनको एनपिएलमा पनि ८ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलंकाका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।