काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जित्दै बलिङ रोजेका हुन्।
चितवन राइनोजको कप्तानी रवि बोपाराले गरिरहेका छन्। यसअघिका कप्तान कुशल मल्ल भने आजको खेलमा प्लेइङ-११ मा परेका छैनन्।
टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला खेलमा लगातार टस हार्दै आएको उल्लेख गरे। उनले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु। अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं।’
आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। विराटनगर र चितवन दुवैका लागि प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउन यो खेल महत्वपूर्ण रहनेछ।