• Menu

दसैँका ३ दिन घरमै फोहर राख्न कामपाको अनुरोध

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार १३:२४

दसैँका ३ दिन घरमै फोहर राख्न कामपाको अनुरोध

काठमाडौं। काठमाडौं महानगरपालिकाले दसैँका अवसरमा कात्तिक १, ३ र ४ गते घरबाट निस्कने फोहर घरमै संकलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

दसैँका दिन सफाइ कर्मचारीसमेत चाडपर्व मनाउन जाने भएकाले उक्त तीन दिन फोहर संकलन तथा व्यवस्थापन कार्य प्रभावित हुने हुँदा महानगरपालिकाले यस्तो अनुरोध गरेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले घरमा जम्मा भएको फोहरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै राख्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

महानगरपालिकाका अनुसार कात्तिक १, ३ र ४ गतेबाहेक अन्य दिनमा भने फोहर व्यवस्थापन कार्य नियमित रूपमा सञ्चालन हुनेछ। रासस