• Menu

‘प्रहरी ब्याटन’को विजेता बन्यो लुम्बिनी प्रदेश प्रहरी कार्यालय

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार १२:३०

‘प्रहरी ब्याटन’को विजेता बन्यो लुम्बिनी प्रदेश प्रहरी कार्यालय

काठमाडौं । यसवर्षको ‘प्रहरी ब्याटन’ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले सो कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी ब्याटन-२०८३’ प्रदान गरे ।

अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सो उपाधि जितेको हो ।

कार्यक्रममा गृहमन्त्री गुरुङले यसवर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई प्रदान गरे ।

यस्तै गृहमन्त्री गुरुङले अमर प्रहरीका आश्रित परिवारजनलाई कदरपत्र र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले सद्भाव सहयोग प्रदान गरे । रासस